Logo

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश !



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्ने तयारी गरेको छ । महानगरीय अपराध महाशाखाले नेपाल झाँक्रीलाई सोधपुछको लागि बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर उनलाई प्रहरीले आज विहान सोधपुछका लागि बोलाएको हो । तर, सामाजिक सञ्जालमा झाँक्रीलाई पक्राउ गर्न लागिएको विषयमा चौतर्फी आलोचना भएको छ ।

यता, नेकपा दाहाल–नेपाल समूहका नेता विष्णु रिजालले पनि आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन । ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा(लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन । आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झा‘क्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार ! हेक्का रहोस्( आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस् !”



प्रतिक्रिया दिनुहोस्