Logo

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त



काठमाडौं, २९ माघ । यतिबेला नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको शंखमुलस्थित निवास बाहिर ठुलो संख्यामा प्रहरी पुगेको छ । उनलाई पक्राऊ गर्न प्रहरी निवासमा पुगेपछि समर्थकहरु पनि पुगेका छन् ।

प्रचण्ड नेपाल समूह निकट युवाविद्यार्थीले झाँक्रीको घरबाहिर पुगेर नारावाजी गरिरहेका छन् । त्यहाँ उनीहरुले ‘केपी चोर देश छोड !’ को नारा लगाइरहेका छन् । उनीहरुले सरकारविरुद्ध नारा समेत लगाएका छन् ।

समर्थकहरुले केपी विद्या वाइवाइको नारा समेत लगाएका छन् । अहिले यतिबेला झाँक्रीको निवास वरपरको क्षेत्र तनावग्रस्त भएको छ । सम्भावित मुठभेडको सम्भावनालाई दृष्टिगत गरी ठुलो संख्यामा प्रहरी परिचालन गरिएका छन् ।

गोरखामा आयोजित विरोध कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बडामहारानी भन्दै चरित्रहत्या गर्ने गरी बोलेको आरोप लागेको छ । उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्