Logo

रामकुमारी झाँक्री पक्राउ



काठमाडौं, २९ माघ । रामकुमारी झाँक्री पक्राऊ परेकी छिन् । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य झाँक्रीलाई प्रहरीले शंखमूलस्थित घरबाटै पक्राऊ गरेको छ । उनलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

झाँक्रीलाई पक्राऊ गर्न सादा पोशाकको प्रहरी विहान देखि नै उनको घरबाहिर पुगेको थियो । प्रहरीले उनलाई बाहिर आउन भनेपनि मानेकी थिइनन् ।

ठुलो संख्यामा प्रहरी परिचालन गरेर झाँक्रीलाई पक्राऊ गरिएको थियो । उनका समर्थकहरु नारावाजी गर्दै घरबाहिर पुगेका थिए । त्यस क्रममा स्थिति तनावग्रस्त भएको थियो ।

झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।

उपत्यका प्रवेश गरेलगत्तै रामकुमारी झाँक्रीलाई पक्राऊ गर्ने तयारी

रामकुमारी झाँक्री सेल्फीमा मस्त, प्रहरी पक्राऊका लागि ठिक्क

रामकुमारी झाँक्रीले भृकुटीमण्डपमा बोल्ने, प्रहरीले के गर्ला र ?

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो

गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी थिइन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

यसअघि रिपोर्टर्स नेपालले रामकुमारी झाँक्रीलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊको तयारी भएको खुलासा गरेको थियो । झाँक्रीले बुधबारको विरोध प्रदर्शनमा पक्राऊ गरेर देखाउन चुनौती दिदै आफू बोल्न नछाड्ने दृढता व्यक्त गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्