Logo

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । उनलाई पक्राउ गर्नको लागि सयौंको संख्यामा घरमा प्रहरी तैनाथ छन् । झाँक्री समथर्कहरुपनि सयौंको संख्यामा उपस्थित् छन् । उनीहरुले झाँक्रीको पक्षमा नारा लगाएका छन् भने केपी–विद्या बाईबाई भनेका छन् । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताले पनि झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा आफ्नो असहमति जनाएका छन् ।

यद्धपी उनले नेतृ झाँक्रीको धेरै कुरामा आफ्नो सहमति नभएको जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस नेता रामहरि खतिवडाले यस्तो लेखेका छन्–‘रामकुमारी झाक्रीको धेरै कुरामा सहमति छैन। तर, सरकारले फेरि अर्को गल्तीको प्रयास नगरोस् । उनलाई पक्राउ गर्ने काम नगरोस् ।”

Related News:

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्