Logo

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?



काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छिन् । उनलाई पक्राउ गरिएकोमा चौतर्फी विरोध तथा आलोचना भैरहेको छ । सरकारले गलत काम गरेको नेता तथा कार्यकर्ताहरुको भनाई छ । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले समेत झाँक्री पक्राउको विरोध गरेका छन् । कांग्रेस नेता गगन कुमार थापाले प्रश्न गर्नेलाई तर्साउन खोज्ने भन्दै कडा प्रश्न गरेका छन् ।  सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले लेखेका छन्–‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति!  सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।

Related News:

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा



प्रतिक्रिया दिनुहोस्