Logo

यी हुन् विप्लवसहित चार कम्युनिस्ट घटकको ‘रणनैतिक मोर्चा’ का केन्द्रीय सदस्य (सुचीसहित)



काठमाडौं, २९ माघ । चार कम्युनिस्ट घटकले संयुक्त रणनैतिक मोर्चाको घोषणा गरेका छन् । जसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका पार्टी छन् ।

मोर्चाले १५ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । हाललाई १२ जना केन्द्रीय सदस्य चयन भएका छन् । पछि तीन सदस्य थप्ने जनाइएको छ ।

केन्द्रीय सदस्यमा सीपी गजुरेल, रामसिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश बान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नवीन रिमाल छन् । यो मोर्चाको प्रथम बैठकले अध्यक्ष र सचिव चयन गर्ने जनाइएको छ ।

संयुक्त मोर्चा घोषणाबारे विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्