Logo

यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भूमरीमा फस्ने पक्का : शेखर कोइराला



काठमाडौं, २९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जति रहन्छ त्यति नै देश अनिश्चितताको भूमरीमा फस्ने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आज पक्राउ गरेपछि उनले यस्तो बताएका हुन् । उनले झाँक्रीले अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको पनि टिप्पणी गरेका छन् । उनले झाँक्रीलाई पक्राउ गरिएकोमा भत्र्सना गर्दै तत्काल रिहाईको माग पनि गरेका छन् ।

कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेखेका छन्–‘अलोकतान्त्रिक र असंवैधानिक कदम बिरुद्ध बोलेकै भरमा नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ।यो सरकार जति दिन रहन्छ,देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छ। झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाईको माग गर्दछु।”

Related News:
झाँक्री पक्राउको विरोधमा भुषालको आक्रोश : सरकार राजतन्त्र र पञ्चायतभन्दा बढि निरंकुश
झाँक्री पक्राउपछि रिजालको टिप्पणी : विद्या भण्डारी राष्ट्रपति हुन सर्वथा अयोग्य पात्र हुन्पक्राउबारे प्रचण्डको टिप्पणी : लोकतन्त्र र विचारमाथि चाबी लगाउने षड्यन्त्र भयो (भिडिओसहित)

झाँक्री पक्राउबारे गगन थापाले मुख खोले : प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ?

गिरफ्तारी दिनुअघि झाँक्रीले प्रहरीकै माईकमार्फत सम्बोधन गरिन्

रामकुमारी झाँक्री पक्राउ

झाँक्रीलाई पक्राउ गर्न लागिएकोमा कांग्रेस नेताहरुको विरोध

रामकुमारी झाँक्रीलाई पक्राऊ गर्न घरमै प्रहरी 

रामकुमारीको घरबाहिर ‘केपी चोर देश छोड !’ को नारा, स्थिति तनावग्रस्त

प्रहरीले झाँक्रीलाई सोधपुछको लागि बोलायो 

रामकुमारीलाई गिरफ्तार गर्न लागिएकोमा विष्णु रिजालको आक्रोश ! 

प्रहरीले पक्राउ गर्ने भनिएकी रामकुमारी झाँक्री मिडियासँग घरमै कुराकानी गर्दै (भिडिओसहित) 

झाँक्रीलाई पक्राउ गर्न प्रहरी घरमा पुग्दा समर्थकले लगाए नारा

 




प्रतिक्रिया दिनुहोस्