Logo

साताको कारोबारको अन्तिम दिन नेप्से ओरोलो लाग्यो, ८ अर्बको कारोबार



काठमाडौं, २९ माघ । आज शेयर बजार ओरोलो लागेको छ । बिहीबार बैंकिङ्ग, विकास बैंक र म्युचअल फण्ड बाहेक सबै उपसम्हहरु राताम्मै छन् ।

बुधबार २५४३.०३ विन्दुमा पुगेको नेप्से परिसुचक आज २५२६.९२ विन्दुमा पुगेर रोकिएको छ । ०.६३ प्रतिशत अर्थात १६.११ अंकले घटेर नेप्से बिहीबार ०.६३ प्रतिशत अर्थात १६.११ अंकले घटेको हो ।

आज नेप्से परिसुचक अनुसार, २०६ कम्पनीका ७२ हजार ७ सय ३७ पटक कारोबार भएर ८ अर्ब ४१ करोड १७ लाख ३२ हजार ३ रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

त्यस्तै, सेन्सटिभ इन्डेक्स १.६६ अंकले घटेर ४६३.४७ विन्दुमा झरेको छ । आज बैंकिङ्ग ०.६ प्रतिशत, विकास बैंक ०.७७ प्रतिशत र म्युर्चुअल फण्ड ०.२२ प्रतिशत परिसुचक बढेको छ । भने अन्य ९ उपसमुहहरुको परिसुचक घटेको छ ।

आज सबैभन्दा धेरै डिप्रक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएको नेप्सेले जनाएको छ । उक्त कम्पनीको आज ५६ करोड ६३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता ५६ रुपैयाँले १९ सय ७३ रुपैयाँ कायम भएको छ । यसैगरी, नविल बैंकको ३८ करोड ४० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । बैंकको प्रतिकित्ता १६ रुपैयाँले बढेर १२ सय १३ रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्