Logo

डिप्रोक्स लघवित्तले गर्यो २० प्रतिशत लाभांश घोषणा



काठमाडौं,२९ माघ । डिप्रोक्स लघुवित्त संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत वर्षको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम रहेका चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जनाएको छ । माघ २८ गते बसेको संचालक समितिको बैंठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधारण सभाले पारित गरेपछि मात्र लाभांश शेयरधनीले प्राप्त गर्न सक्नेछन् । हाल लघुवित्तको चुक्तापुँजी १ अर्ब ४५ लाख ३३ हजार ५७४ रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्