Logo

रिहाईपछि विजयी योद्धाको शैलीमा झाँक्री (फोटोफिचर)



काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री आज साँझ रिहाई भएकी छिन् । दिउँसो राज्यविरुद्धको कसूरको अभियोगमा पक्राऊ पूर्जी जारी गरी उनलाई प्रहरीले पक्राऊ गरेको थियो ।

झाँक्री पक्राऊविरुद्ध सर्वत्र आलोचना हुन थालेपछि प्रहरीले उनलाई साँझ रिहा गरेको हो । उनलाई लागेको अभियोगमा बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । यसको सुनुवाईका लागि आइतबार पेशी चढेको छ ।


तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्