Logo

चीनको उपग्रह टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरेपछि…



एजेन्सी, ३० माघ । चीनको टियानवेन–१ मंगलको कक्षमा प्रवेश गरे लगतै पहिलो तस्वीर पठाएको छ । पहिलो तस्वीर उपग्रहले पठाएको विषयलाई चिनियाँ स्पेस एजेन्सीले जनाएको हो । चीनले आफ्नो उपग्रहको नाम ‘क्वेस्ट अफ हेभेन्ली त्रुथ’ राखेको छ ।

उपग्रहले मंगलको रोता र सेता तस्वीर पठाएको जनाइएको छ । गत वर्षको जुलाईमा उडेको उपग्रह चीनको पहिलो मंगल मिसन रहेको जनाइएको छ । उपग्रह तत्काल कक्षमा रहेर मंगलको परिक्रममा गरिरहेको छ । उपग्रहले तुरुन्तै मंगलान अवतरण गर्ने भएको छ । त्यसले मंगलको माटो, वातावरण, भौगोलिक संरचना र पानीको स्रोतको विषयमा अध्ययन गर्ने जनाइएको छ ।

उपग्रह अहिले १८४ किम पृथ्वी भन्दा टाडा रहेको छ भने मंगलबाट ११ लाख किमी टाडा रहेको चिनियाँ स्पेस सेन्टरले जनाएको छ । उपग्रह मंगल पुग्न करिब १९७ दिनको यात्रा तय गरेको थियो । उपग्रह्ले फब्रुहरी १० मा रोचरलाई मंगलको सतहमा छाडिएको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्