Logo

हास्यकलाकार श्रीकृष्ण सिम्खडाका कविताहरु (विमोचन)



काठमाडौं, ३० माघ । ‘श्रीकृष्ण सिम्खडाका कविताहरु’ बिहीबार विमोचन भएको छ । पुर्व अर्थमन्त्री तथा वरिष्ठ साहित्यकार र उनकी माता धनकुमारी कोइरालाद्वारा उनकै निवास बत्तिसपुतलीमा विमोचन भएको हो ।

कार्यक्रममा रिपोटस् क्लव नेपालका अध्यक्ष ऋषि धमला, पुर्व सचिव केशव प्रसाद भट्टराई, पुर्व सचिव दिपेन्द्रनाथ शर्मा र भोजपुर सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले सिम्खडाको कलाकारिता र साहित्यमा दिएको योगदानको बारेमा चर्चा गरेका थिए ।

प्रमुख अतिथि शंकर प्रसाद कोइराला (एस्पी) ले कविताको क्षेत्रमा प्रवेश गरेकोमा शुभकामना दिनुहुँदै उनको जीवनमा अर्को नयाँ पाटो थपिएको कुरा बताए । समाजसेवाको कर्ममा लागिहरहनु हुने कलाकार सिंम्खडाले आफ्नो र परिवारको बारेमा भन्दापनि बढी मुलुकको बारेमा सोच्ने बताउदै उनी एक देशभक्त भएको कुरा आफुले बुझेको बताए ।

कार्यक्रमकी अध्यक्ष धनकुमारी कोइरालाले सिंम्खडाको किताब सबैले पढ्नै पर्ने बताइन् । उक्त कविता संग्रह ४६ पृष्ठको रहेको छ । समाज परिर्वतनको मुद्दामा केन्द्रित ब्यंगात्मक कविताले मुलकको हितमा एउटा नयाँ आयाम थपिनेछ । पुस्तकमा लेखककी छोरी कृतिका सिम्खडाले पुस्तकको भुमिकामा छोराछोरीलाई सम्पत्ति थुपार्ने बावुआमा सन्तानका प्रगतिका बाधक भएको उल्लेख गरेकी छिन् ।

बुवाको सार्वजनिक शौचालय सफाई अभियान, सडक बढार्ने अभियान र जुत्ता पालिस अभियानले समाज परिर्वतन हुने कृतिकाले पुस्तकमार्फत बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्