Logo

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १ करोड ११ लाख मुनाफा



काठमाडौ, ३० माघ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा कमाएकोे छ । गत आर्थिक वर्षमा कम्पनीले सोही अवधिका ४१ लाख ५० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको तुलनामा यो चालु आवमा गरेको नाफा १६९ प्रतिशतले बढी हो । १ अर्ब १३ करोड चुक्तापुँजी रहेको यस कम्पनीले १ करोड ९० लाख रुपैयाँ वित्तीय आम्दानी गरेको विवरणमा उल्लेख गरिएको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आम्दानी ७१ लख ९१ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चालु आवमा कम्पनीले संचालन नाफा १ करोड ७१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९७ पैसा र प्रतिशेयर नेटवर्थ १०३.६७ पैसा र मुल्य आम्दानी १८३ गुणा रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot