Logo

लुम्बिनी इन्स्योरेन्सको नाफामा बृद्धि



काठमाडौं, ३० माघ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेको छ । कम्पनीले ६ महिनामा १० करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो । विवरण अनुसार गत वर्ष सोही अवधिको तुलनामा ३३ प्रतिशतले धेरै हो ।

चालु आवमा कम्पनीले बीमाशुल्क ६८ करोड ३० लाख कमाएको छ भने गत वर्ष १०.४९ प्रतिशतले धेरै हो । कम्पनीले ६ महिनामा ४८ करोड ६० लाख रुपैयाँ भुक्तानी गरेको विवरणमा उल्लेख गरिएको छ ।

१ अर्ब १४ करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीले ८२ हजार बीमालेख जारी गरेको छ भने २५ सय २७ बीमितलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६.९५ पैसा र प्रतिशेयर नेटवर्थ १९१.८१ पैसा रहेको छ । शयेर प्रतिकित्ता ७८० रुपैयाँमा कारोबार भैरहेको कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्