Logo

नागरिक समाजको आन्दोलनप्रति सूर्य थापाको टिप्पणी : यी चाहीँ धन्दावाल, के को नागरिक समाज ? (भिडिओसहित)



काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नागरिक समाजलाई कुन नागरिक समाज ? कसको नागरिक समाज ? कसले परिचालन गरेको नागरिक समाज ? कुन उद्देश्यका लागि परिचालन गरेको नागरिक समाज ? भन्दै नागरिक समाज वान्कीका छन् भन्ने टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘वान्कीका नागरिक समाजका नौ रंगका कुरातर्फ तपाईँ धेरै तरंगित हुनु आवश्यक छैन् ।’ उनले नागरिक समाजलाई धन्दावालको संज्ञा दिएका छन् । उनले भने,‘यी चाहीँ धन्दावाल, के को नागरिक समाज ? नागरिकको भावना मुखरित गर्न नचाहने, ताजा जनादेशमा नागरिकको मतले नयाँ सरकारको संरचना, नयाँ सरंचनाका निम्ति पनि अगाडि बढ्न नचाहने पनि नागरिक समाज हुन्छन् ?”



प्रतिक्रिया दिनुहोस्