Logo

बाबुराम, प्रचण्ड, रामचन्द्र र अशोक राई भेला हुँदै



काठमाडौं, १ फागुन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लेखेको पुस्तक गुमनाम आमाहरूको कथा विमोचन हुने भएको छ। काठमाडौंको बालुवाटारमा एक कार्यक्रमका बीच आज (शनिबार) अपरान्ह उक्त पुस्तक विमोचनको तयारी छ । पुस्तक विमोचनमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेता अशोक राई सहभागी हुने जनाईएको छ । डा. भट्टराईले आफ्नो पुस्तक विमोचनबारे सामाजिक सञ्जाल फेशबुक पेजमा लेखेका छन्-“मेरो संस्मरणात्मक र अनुभूतिजन्य नयाॅ किताब “गुमनाम आमाहरूको कथा” फागुन १ गतेबाट उपलब्ध !”



प्रतिक्रिया दिनुहोस्