ओली सरकारको प्रतिगमनविरूद्ध सशक्त रुपमा प्रस्तुत हुन रामचन्द्र पौडेलको अपिल (भिडिओसहित)


काठमाडौं, १ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले एकपछि अर्को असंवैधानिक काम गरेको भन्दै त्यसको विरुद्धमा देशव्यापी रुपमा नागरिकले एकजुट भएर सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताएका छन् । हिजो (शुक्रबार।) एक भिडिओ सन्देश प्रवाह गर्दै नेता पौडेले यस्तो अपिल गरेका छन् ।

असंबैधानिक तवरले प्रतिनिधि सभा विघटनको विरुद्द कांग्रेसले यही फाल्गुन ३ गते ७७ जिल्लामा विरोध प्रदर्शन गर्दैछ । उक्त प्रर्दशनमा सशक्त रुपमा प्रस्तुत हुन उनले आग्रह गरेका हु्न् । पौडेलले सन्देशमा भनेका छन्–अहिलेको प्रधानमन्त्री, केपी ओलीको सरकार एकपछि अर्को गर्दै निरंकुशतातर्फ पाईला चाल्दैछ । मुलुकलाई निरंकुशतातर्फ लैजानको लागि प्रतिनिधिसभा विघटन गरिएको भन्ने कुरा एकपछि अर्को गर्दै पुष्टि हुँदै आईरहेको छ । यो सामान्य कुरा होईन् । लोकतन्त्रप्रेमीलाई आग्रह गर्न चाहन्छु, देश जोगाउन, लोकतन्त्र जोगाउन, र समावेशी जोगाउनको लागि हामी सशक्त रुपमा प्रस्तुत हुन जरुरुी छ । कांग्रेसको फागुन ३ गते ७७ वटै जिल्ला विरोध प्रदर्शन छ । यसमा सबैको सहभागिता होस् ।’