जनता सम्पन्न भएको संविधानमाथि नै आज घात भयो : प्रचण्ड (भिडिओसहित)


काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनता सम्पन्न भएको संविधानमाथि नै आज घात भएको कडा टिप्पणी गरेका छन् । आज २५औं जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले महान सहिदहरुले बलिदान गरेर देशलाई यो ठाउँमा ल्याउने योगदान गरेको सुनाउँदै सदिहका सपना कुल्चिने प्रयास भएको भन्दै त्यसको रक्षा गर्नु आफूहरुको जिम्मेवारी भएको बताए । आफूहरुले लडेर ल्याएका उपलब्धिमाथि कुल्चिने षड्यन्त्र भएको भन्दै आफूहरुले कुनैपनि हालतमा गुम्न नदिने पनि दाहालले उद्घोष गरे । आवश्यक परे आफूहरुले पनि बलिदानी दिने संकल्प गर्नुपर्ने उनको भनाई छ । संविधान र परिवर्तनलाई रक्षा गर्नको लागि सबै एकजुट भएर संघर्षमा उत्रिनुपर्ने पनि दाहालले सुनाए ।

हेरौं दाहालको सम्बोधनको पूरा भिडिओ :

Photo By: Mukund kalikote/reportersnepal