Logo

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी केबुल कार निर्माणको शिलान्यास



काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुल कार आयोजना निर्माणको शिलान्यास गरेका छन् । बुटवल उपमहानगर ३ बाटबाट पाल्पाको तिनाउ बसन्तपुर डाँडा जोड्ने हिलस्टेसन सहितको केबुल कार करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको जनाईएको छ ।

चन्द्रागिरी केबुल कारपछि बुटवलमा निर्माण गरिने यो लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको मानिएको छ । मन्तव्यको क्रममा प्रधानमन्त्री ओलीले यसको शिलन्यासबाट सबै खुशी भएको भारणाका साथ अर्को वर्ष फागुन १ गते वसन्तपुर डाँडामा केबुल कारको उद्घाटन गरिने विश्वास व्यक्त गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्