Logo

दुनियाँको कुनै पनि तागतले चुनाव रोक्न सक्दैन् : विष्णु पौडेल (भिडिओसहित)



काठमाडौं, १ फागुन । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै भ्रममा नपर्न आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘दुनियाँको कुनै तागतले चुनाव रोक्दैन् । तपाईहरु पनि चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् । वैशाख २७ गतेको चुनावमा लाग्नुहोस् । यो सभा सकिएपछि तपाईँहरु चुनावको तयारीमा जुट्नुहोस ।’ उनले यसअघि जितेको भन्दापनि बढि नै जित्नेगरि चुनावी तयारीमा होमिन आग्रह गरे । उनले चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नै सरकार बन्ने दाबी गरे । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्