Logo

ओलीकै नेतृत्वमा विकास र समृद्धि सम्भव छ : रायमाझी



काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले विकास र समृद्धि केपी शर्मा ओली बाहेक कसैको नेतृत्वमा सम्भव नहुने बताएका छन् ।

ओली समूहले बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता रायमाझीले अबको आवश्यकता विकास र समृद्धि रहेकाले विकास र समृद्धि ओलीको नेतृत्वमा मात्र सम्भव हुने बताएका हुन । सभालाई सम्बोधन गर्दै नेता रायमाझीले भने– ‘अहिलेको आवश्यकता र चाहना विकास र समृद्धि हो । प्रचण्ड–माधव विकास र समृद्धिको चाहनाविपरित सडक आन्दोलनमा छन् । उनीहरुसँग केहि एजेण्ड छैन । त्यसैले अबको देशको नेतृत्वमा ओली बाहेक अरुले गर्न सक्दैनन् ।’



प्रतिक्रिया दिनुहोस्