Logo

प्रचण्ड-नेपालले कोणसभा गरे, हामीले आज देखाईदियौं : मुख्यमन्त्री पोखरेल



बुटवल, १ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य शंकर पोखरेलले जनता प्रधानमन्त्री ओलीको पक्षमा भएको दाबी गरेका छन् । आज (शनिबार) बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले लुम्बिनी प्रदेशका जनताको उपस्थितिले नै जनता आफूहरुको पक्षमा भएको सुनाए । उनले भने,‘केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरे, आज हामीले जनता कसको पक्षमा छन् भनेर देखाईदियौं ।’



प्रतिक्रिया दिनुहोस्