Logo

प्रचण्ड र बाबुरामले ठूलो धोका दिए, अब विप्लवसँग एकता हुन्छ : मोहन बैद्य (भिडिओसहित)



काठमाडौं, २ फागुन । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकता हुने घोषणा गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरु अहिलेपनि मलू उद्देश्यबाट विचलित नभएको स्पष्ट पारेका छन् । तर, बाबुराम, प्रचण्डलगायतले आन्दोलनको मुद्दा छोडेको उनको भनाई छ । उनले आफूहरुले सबैभन्दा ठूलो धोका त मूल नेतृत्वमा रहेका प्रचण्ड र बाबुरामले नै दिएको आरोप लगाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम