Logo

आजबाट दोस्रो प्राथमिकतामा परेकालाई कोभिड-१९ विरूद्धको खोप लगाउन सुरू (फोटोफिचर)



काठमाडौं, २ फागुन । आजबाट पहिलो चरणका दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि खोप लगाउने निर्णय गरेको हो। दोस्रो प्राथमिकतामा परेकालाई आजबाट खोप लगाउन सुरु गरिएको हो । र, यो अभियान फागुन ८ गतेसम्म चल्नेछ । दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप अभियानका लागि स्वास्थ्य कार्यालय, काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ।

सरकारले सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई दोस्रो प्राथमिकतामा राखेर खोप लगाउने निर्णय गरेको छ। राजधानीभन्दा बाहिरका संचारकर्मीले पनि आजदेखि नै खोप पाउने बताइएको छ। साथै, पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिइएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्