Logo

मांसाहारी बिरुवा भेनस फ्लाइट्रयाप्सले कसरी खान्छ



भेनस फ्लाइट्रयाप्स एक मांसाहारी बोट हो । यसले आफ्नो खानामा किराहरु खाने गर्छ । यसले अन्य बोटबिरुवाले जस्तो प्रकाश संश्लेषणको माध्यमबाट खाना बनाउदैन । यसले खाना खाने क्रममा किराहरुलाई आफुतिर आकर्षण गर्दा सुक्ष्म चुम्बकिय संकेत उत्पादन गर्छ ।

बिरुवाहरुमा चुम्बकिय क्षेत्र पत्ता लागेको पहिलो पटक हो । यस बोटको लजाउने पातहरुले सुगन्धित वास्ना फैलाउँछ जसले गर्दा किराहरु यस वास्नाको लोभमा परि यसको नजिकतिर आउदा यसले चुम्बकिय क्षेत्र उत्पादन गर्छ । जर्मनीका डा. एन्नि फेब्रीकेन्टले लाइभ साइन्स पत्रिकामा बताए, “उक्त बोटले उत्पादन गर्ने चुम्बकिय क्षेत्र पृथ्वीको भन्दा १० लाख गुणा कमजोर हुन्छ । यो चुम्बकिय क्षेत्र यस बोटको पातहरुबाट बहने विद्युतिय शक्तिको उप–उत्पादन हो ।” उनले भने, ‘जहाँ विद्युतिय सक्रियता हुन्छ, त्यहाँ चुुम्बकिय सक्रियता पनि हुन्छ ।’

विद्युतिय चुम्बकको नियमानुसार, विद्युतिय करेन्ट हुने जुनसुकै चिजले चुम्बकिय क्षेत्र पनि उत्पादन गर्छ । यसमा मानिस, जनावर र बिरुवाहरु समावेश गरिएको छ । अहिलेसम्म यो प्रक्रिया मानिस र जनावरहरुमा मात्र अपनाइएको थियो । यो पहिलो पटक बिरुवामा पनि अपनाइएको छ ।

तर अनुसन्धानकर्ताहरुले अर्को तरिकाबाट उक्त बिरुवामा चुम्बकिय क्षेत्र पत्ता लगाएका छन् । उनीहरुले तापको प्रयोग गरि उक्त बिरुवालाई उत्तेजित गराए र त्यसले ०.५ पीकोटेस्ला शक्तिको चुम्बकिय क्षेत्र सिर्जना गर्छ । उक्त चुम्बकिय क्षेत्रको स्तर जनावरहरुको स्नायुले उत्पादन गर्ने चुम्बकिय क्षेत्रसँग बराबर हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्