Logo

अग्लो मानिसलाई होचो भन्दा क्यान्सरको बढी जोखिम



क्यान्सर सम्बन्धित रोगहरुको समुहलाई दिइएको नाम हो । यो शरीरमा असामान्य कोषहरुको अनियन्त्रित वृद्धी विकासको कारणले हुन्छ । सय प्रकार भन्दा बढी क्यान्सरहरुले मानिसलाई असर पार्दछ । सबै प्रकारका क्यान्सरमा शरीरमा भएका केही कोषहरु निरन्तर विभाजित हुन थाल्छ र तन्तुहरुको वरिपरी फैलिन्छ ।

सामान्यतया क्यान्सर शरीरमा नयाँ कोषहरुको आवश्यकता भन्दा बढी वृद्धी विकास भयो भने हुन्छ । क्यान्सर हाम्रो शरीरको जुन भागबाट पनि सुरु हुन सक्छ ।
अग्ला मानिसहरुलाई होचा मानिसहरुभन्दा धेरै क्यान्सर हुने गर्छ । सन २०१८ मा प्रत्येक थप १० सेन्टिमिटर (४ इन्च) उचाइ भएको व्यक्तिमा १० प्रतिशतले क्यान्सरको जोखिम बढ्ने एक अध्ययनले पत्ता लगाएको थियो । सन १९५० मा वैज्ञानिकहरुले उचाइ र क्यान्सरबीचको सम्बन्ध पत्ता लगाएका थिए ।

उनीहरुका अनुसार उचाइ धेरै भएको व्यक्तिको शरीरमा धेरै कोषहरु हुन्छन् जसबाट क्यान्सरयुक्त कोषको उत्पन्न हुने सम्भावना बढी हुन्छ । एजेन्सीको सहयोग



प्रतिक्रिया दिनुहोस्