Logo

सैनिकको विवाहमा रोक लगाएको दिन ‘भ्यालेन्टाइन डे’



प्रणय दिवस प्रत्येक वर्ष १४ फरवरीमा मनाइन्छ । यसलाई माया र रोमान्सको चाड पनि भनिन्छ । आजको दिन प्रेमी–प्रेमीका वा पार्टनरबीच उपहार र सन्देश पठाउने गर्छन् । तर धेरै मानिसको मनमा उठ्ने प्रश्न हो, प्रश्न प्रणय दिवस कहिले र कहाँबाट मनाउन सुरु भयो ?

प्रणय दिवसलाई सन्त भ्यालेन्टाइनको रुपमा पनि मनाइन्छ । सन्त भ्यालेनटाइनको बारेमा धेरै मत नभएपनि सबैभन्दा धेरै प्रचलित कहानी रोमन राजा क्लाडियस र सन्त भ्यालेन्टाइनको छ । क्लाडियसले आफ्ना सैनिकको विवाहमा रोक लगाएका थिए । तर सन्त भ्यालेन्टाइनले केही सैनिकको विवाहलाई लिएर तयारी गरिरहेका थिए र विवाह प्रतिबन्ध गरिएको थियो । यसकार्यबाट रिसाएर राजाले सन्त भ्यालेन्टानइनलाई १४ फरवरीमा सन् २६९ मा फासी दिएका थिए ।

यो चाड एक रोमन चाडमा अगाडी बढ्यो । रोममा एक चाड मनाएका थिए जसको नाम लुपरकल्लिया थियो । उक्त समय गर्मीको मौसम मनाइने चाडमा केटाले बाकसबाट केटीको नाम भएको चिट निकाल्थे । चाडकै क्रममा उनीहरु प्रेमी–प्रेमीका पछि विवाह गर्थे । पछि चर्चले यसलाई क्रिश्चियन चाडको रुपमा मनाए र सन्त भ्यालेन्टाइनको सम्झना गरेर मनाउन थाले । पछि मानिसहरुले प्रेम अभिव्यक्त गर्नको लागि सन्त भ्यालेन्टाइनको नाम प्रयोग गर्न थालेका हुन् ।

यो चाडलाई आफ्नै घरमा बनेको कार्ड मिठाई, गुलाब, रोमान्टिक डेट र साथीहरुसँग बिताएर मनाउन सकिन्छ । यसको साथै अन्य तरिकाले पनि प्रणय दिवस मनाइन्छ । पछिल्लो पुस्ता रोमान्टिक स्थानमा रोमान्टिक डिनर वा लन्च गरेर समय बिताउदै आएका छन् ।

भ्यालेन्टाइन डे जोडी र मायाको लागि हो । एकजनाको लागि मात्र होइन् । दुवैजनाले मनाउन सक्छन् । प्रणय दिवसमा आफुले मन पराएकालाई केही प्रकारका सन्देश पठाउन सकिन्छ । जसले जोबाट प्रेमको प्रतिक्षा गरेको छ ती व्यक्तिलाई यस दिनको धेरै महत्व हुन्छ ।



प्रतिक्रिया दिनुहोस्