Logo

आइतबार नेप्से ३३.३३ अंकले तल झर्यो, ६ अर्बको कारोबार



काठमाडौं, २ फागुन । साताको कारोबारको पहिलो दिन नेप्से परिसुचक ओरालो लागेको छ । शुक्रबार पनि घटेर बन्द भएको थियो । आज म्युर्चुअल फण्ड समुह बाहेक सबै राताम्मै छन् । आइतबार १.३२ प्रतिशत अर्थात ३३.३३ अंकले नेप्से ओरालो लागेर २४९३.५९ विन्दुमा रोकिएको छ ।

 

शुक्रबार २५२६.९२ विन्दुमा पुगेको नेप्से परिसुचक आज २४९३.५९ विन्दुमा पुगेर रोकिएको हो । आइतबार नेप्से सुचक अनुसार २०२ कम्पनीका ५८ हजार ३ सय ९ पटक कारोबार भएर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता शेयर खरिद बिक्रि भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ९.३१ अंकले घटेर ४५४.१२ विन्दुमा झरेको छ ।

आज म्युर्चुअल फण्ड उपसमुह बाहेक सबै उपसमुहहरु घटेका छन् । म्युर्चुअल फण्ड उपसमुहको परिसुचक भने १.०९ प्रतिशतले बढेको छ । आज सर्वाधिक रुपमा अन्य उपसमुहको २.२३ प्रतिशत घटेको छ । आइतबार जीवन बीमाको परिसुचक १.२७ प्रतिशत, लघुवित्त उपसमुहको परिसुचक १.८८ प्रतिशत, बैकिङ्ग उपसमुहको परिसुचक १.१५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नेरो इन्स्योरेन्स लिमिटेडको कारोबार भएको नेप्सले जनाएको छ । उक्त कम्पनीको आइतबार ५२ करोड २३ लाख रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । प्रतिकित्ता ११७ रुपैयाँले बढेर कम्पनीको २३ सय ७५ कित्ता शेयर बिक्रि भएर १६ सय ९९ रुपैयाँ मुल्य कायम भएको छ ।

त्यसैगरी नेपाल बैंक लिमिटेडको आज ३६ करोड ६० लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर ७ रुपैयाँले बढेर ९ लाख २३ हजार २९० कित्ता शेयर खरिद बिक्रि भएर ३९४ रुपैयाँ मुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्