Logo

कांग्रेस केन्द्रीय समिति बैठक फागनु ५ गते बस्ने



काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन्। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्। यसअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

जारी विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्