Logo

प्रणय दिवसका अवसरमा पृथ्वी खनालले ल्याए बोसन डाँडो (भिडियोसहित)



फागुन २, काठमाण्डौ । भ्यालेन्ट्याइन सप्ताहको अवसरमा द भोईस अफ नेपाल सिजन २ बाट दर्शक स्रोताको माया बटुल्न सफल चर्चित गायक तथा सशस्त्र प्रहरीका ईन्स्पेक्टर पृथ्वी खनालले बोसन डाँडो नामक रोमान्टिक प्रेम गीत सार्बजनिक गरेका छन् । गितमा खनालको शब्द संगीत र स्वर रहेको छ ।

गीतमा रोन्जाइको संगीत संयोजन रहेको छ । पृथ्वीकै कथा निर्देशनमा डिम्पल खरेल तथा सन्तोष पाण्डेको अभिनय रहेको प्रेम गीत पृथ्वी खनाल (एचष्तजखष् प्जबलब)ि युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

ग्रिश्मा भट्टको निर्माण, पीटर गुरुङको छायांकन, बिष्णुहरी तिमिल्सिनाको सम्पादन, आरसी रिमालको सहायक निर्देशन रहेको गीन युटुब भ्लगरको कथामा आधारित छ ।



प्रतिक्रिया दिनुहोस्