Logo

‘अलिअलि’ लिएर आए सञ्चारकर्मी दिपक समिर



काठमाडौं, , ३ फागुन । सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ । केही दिन पहिले सञ्चारकर्मी समिरको स्वरमा रहेको उक्त गीत युट्युबमार्फत् सार्वजनिक भएको हो ।

डीपी खनालको शब्द रहेको अलिअलिमा शंकर थापा ‘स्माइल’ले संगीत दिएका छन् । आरबी रेकर्डिङमा रेकर्ड भएको अलिअलि ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतमा श्रीदेव भट्टराई, स्मृती श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् ।

अलिअलिको कोरियोग्राफी समिर थोकरले गरेका हुन् भने यसलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । दिपक समिरले दर्शक तथा स्रोताबाट गीका बारेमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । ‘सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘सुन्नुहुनेहरुले तपाईंको गित राम्रो छ भन्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्