Logo

सुनको मुल्यमा निरन्तर गिरावट



काठमाडौं, ३ फागुन । नेपाली बजारमा सुनको मुल्य ओरालो लागेको छ । आज चाँदीको मुल्य भने बृद्धि भएको छ ।

सोमबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा खरिद बिक्रि भएको छ ।

आइतबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा सुन कारोबार भएको थियो । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्