Logo

कांग्रेस र प्रचण्ड-माधव समूहद्वारा प्रदेश १ सरकारको वार्षिकोत्सव बहिस्कार



विराटनगर, ३ फागुन । प्रचण्ड-माधव समूह र नेपाली कांग्रेसले प्रदेश १ को तेस्रो वार्षिकोत्सवलाई बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सवमा प्रचण्ड-माधव समूह सहभागी भएन ।वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको प्रचण्ड-माधव समूहका नेता इन्द्र आङ्बोले बताए ।

वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्य नठानेको उनको भनाई छ । यस्तै नेपाली कांग्रेसले पनि वार्षिकोत्सवमा सहभागिता भएको छैन । पार्टीको कार्यक्रम भएकाले सहभागी नभएको कांग्रेस प्रमुख सचेतक केदार कार्कीको भनाई छ ।

उनले खबर आए पनि जान आवश्यक नठानेको बताए । उनले भने, ‘पार्टीको कार्यक्रम पनि छ । सरकार संसद छल्नतर्फ लागेको छ ।’तर कांग्रेसबाट सांसद विन्दिया कार्की भने सहभागी भएकी छन् ।-दृष्टिबाट/File Photo



प्रतिक्रिया दिनुहोस्