Logo

‘माटो’ ब्राण्डका अर्गानिक उत्पादन नयाँ बानेश्वरमा संचालन



काठमाडौं । नेपालमै उत्पादित ‘माटो’ ब्राण्डका तरकारी, फलफूललगायतका वस्तुहरु बिक्री गर्दै आएको गोल्याण एग्रो प्रालिले नयाँ फ्रान्चाइज स्टोर (पसल) नयाँ बानेश्वरमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीको यो पहिलो फ्रान्चाइज हो भने सातौ सञ्जाल हो । कम्पनीका अध्यक्ष पवन गोल्याणले मंगलबार उक्त स्टोरको उद्घाटन गरेका हुन् । पाँच सय मिटरभित्र निःशुल्क डेलिभरीसमेत गर्नेगरी सुरु गरिएको उक्त स्टोरमा १० प्रतिशत छुटको समेत व्यवस्था कम्पनीले गरेको छ । ‘माटो’ ब्राण्डको स्टोरमा शुद्ध प्राङगारिक उत्पादनहरु बजार मूल्यभन्दा महंगो नहुनेगरी बिक्री हुने गोल्याणले जानकारी दिएका छन् । उनले ‘माटो’ ब्राण्डको स्थापना नेपालका उत्पादनलाई उत्थानका लागि गरिएको हो भन्दै आफूहरुले ठूलो घाटा सहेर पनि ब्राण्डलाई स्थापित गर्न र ब्राण्डले कानुनी मान्यता पाएपछि निर्यातसमेत गर्ने योजना बनाएको बताए ।

आम नेपालीहरुलाई बिषादी र रासायनिक मल प्रयोग नभएको शुद्ध तरकारी, फलफूल, पानी जस्ता उत्पादनहरु खुवाउने योजनाअनुसार स्टोरहरु विस्तार गर्ने काम भइरहेको बताउँदै आगामी एक बर्षभित्रमा काठमाडौंमा सय वटा स्टोरहरु विस्तार हुने बताए । ‘माटो’ ब्राण्डका उत्पादनहरु भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध रहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्