Logo

तरुण दलका महासचिव शाही खतरामुक्त



काठमाडौं, ३ फागुन । नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष, नेपाल तरुण दलका महासचिब तथा नेपाली कांग्रेस कालीकोटका युवानेता भुपेन्द्र जंग शाही खतरामुक्त भएका छन् । शाही खतरामुक्त भएको नेपाल विद्यार्थी संघका नेता मनोजमणी आचार्यले जानकारी दिए ।

उनलाई हृदयघात भएर महाराजगञ्जस्थित मनमोहन कार्डियाथोर्याक्सीक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हिजो (आइतबार) भर्ना गरिएको थियो । शाही हिजो लाजिम्पाटमा साथीहरुसँग बसिरहँदा अचानक राति ९ बजे छाती दुखेर गाह्रो भएपछि साथीहरुले नै मनमोहन कार्डियाथोर्याक्सीक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुर्याएका थिए ।

१२ बजे राति अस्पतालमा डा.चन्द्रमणी पौडेलको टोलीले शाहीको मुटुको शल्यक्रिया गरेका थिए । शाहीलाई बिहान ३ बजे शल्यक्रिया सफल भएपछि आइसीयु वार्डमा सारिएको छ ।



प्रतिक्रिया दिनुहोस्