Logo

नेप्सेले गर्यो ४ कम्पनीका शेयर कारोबार फुकुवा



काठमाडौं, ३ फागुन । वार्षिक प्रतिवेदन नबुझाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गरेको शेयर कारोबार रोक्का आइतबार फुकुवा गरेको छ । नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट, कालिका लघुवित्त वित्तीय संस्था, पञ्चकन्यामाई हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेड कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेको अनुसार आज (सोमबार) बाट कारोबारमा आउनेगरी ४ कम्पनीको शेयर कारोबार खोल्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्