Logo

आज नेप्से ९२.४२ अंकले बढ्यो, निर्धन उत्थान लघुवित्तको सर्वाधिक कारोबार



काठमाडौं, ३ फागुन । आज नेप्से परिसुचक उकालो लागेको छ । आइतबार ३३.३३ अंकले ओरालो लागेको नेप्से सोमबार ३.७१ प्रतिशत अर्थात ९२.४२ अंकले बढेर २५८६.०१ हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज १२ उपसमुह सबै उकालो लागेका छन् । सोमबार नेप्से परिसुचक अनुसार २०५ कम्पनीका ६८ हजार ३ सय १९ पटक कारोबार भएर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको २ करोड २४ लाख ४७ हजार १५७ शेयर कित्ता खरिद बिक्रि भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ३.३७ प्रतिशत अर्थात १५.३३ अंकले बढेर ४६९.४४ विन्दुमा पुगेको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से परिसुचक १२ उपसमुहहरु बढेका छन् । आज लघुवित्त उपसमुहको सबैभन्दा धेरै ८.७४ प्रतिशतले बढेको छ । दोस्रो स्थानमा जीवन बीमा उपसमुहको ३.८६ प्रतिशतले बढेको छ । त्यसैगरी निर्जीवन बीमा उपसमुहको ३.४५ प्रतिशतले बृद्धि भएको छ ।

आज नेप्सेको अनुसार सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७० करोड ४८ लाख भन्दा धेरैको कारोबार भएको छ । संस्थाको प्रतिकित्ता शेयर १४० रुपैयाँले बढेर १५ सय ९३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, नबिल बैंकको ६८ करोड ५१ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर १०० रुपैयाँले बढेर १३ सय २१ रुपैयाँ कायम भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्