Logo

नारायणी बैंकको हकप्रद शेयरमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, ३ फागुन । नारायणी डेभलपमेन्ट बैंकले बिक्रि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले १ सय अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर माघ १३ गते बिक्रि तथा खुला गरेको थियो ।

नेप्सेमा पुस २८ गतेसम्म कारोबार भई कायम भएका शेयरधनीले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था बैकले गरेको छ । राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापुँजी पुर्याउनको लागि बैंकले प्रस्ताव गरेको हकप्रद शेयर मंगलबारदेखि खुल्ला गरेकोे बैंकले जनाएको छ । यस हकप्रद शेयरमा आवेदन दिन चाहानेले आजसम्म दिन सक्नेछन् ।

हाल ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ यो कम्पनीको चुक्तापुँजी रहेको यस कम्पनीको हकप्रदपश्चात १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आईएमईका अनुसार सी–आस्वा सेवा भएका सबै बैंक यो हकप्रद शेयर भर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्