Logo

गरिमा बैंकको अध्यक्षमा श्याम प्रसाद बस्याल



काठमाडौं, ३ फागुन । गरिमा विकास बैंक लिमिटेडले अध्यक्षमा श्यामप्रसाद बस्याललाई मनोनित गरेको छ । कम्पनीको माघ ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी आनन्दप्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ र श्यामप्रसाद बस्याल र सर्वसाधारण शेयरधनीको तर्फबाट बिमल पाण्डे, सजिव ढकाल, सरस्वती पाठक निर्वाचित भएको जनाएको छ ।

उक्त नयाँ निर्वाचित सञ्चालक समितिको बैठकबाट कम्पनीको अध्यक्षयमा श्यामप्रसाद बस्याल मनोनित भएको बैंकले एक सुचना जारी गरेर जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्