Logo

अख्तियारमा प्रेमकुमार राई आएलगत्तै अपराध महाशाखामा खापुङ



काठमाडौं, ३ फागुन । अपराध अनुसन्धान महाशाखाको प्रमुखमा चन्द्रकुवेर खापुङको सरुवा भएको छ । गृह मन्त्रालयले खापुङलाई सरुवा गरी महाशाखामा लगेको हो ।

महाशाखाका प्रमुख दिपक थापा भर्ना छनोट महाशाखामा लगिएका छन् । थापा आइजीपी शैलेश थापा क्षेत्री निकट हुन् ।

खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको निकट हुन् । राई गृह सचिव हुँदा खापुङ प्रहरीको महत्वपूर्ण मानिने कर्मचारी प्रशासन शाखामा थिए । एसपीका रुपमा उनी लामो समय कप्रमा बसे ।

राई गृह सचिव हुँदा नै उनले आफूभन्दा सिनियरलाई उछिनेर एसएसपी बन्ने सफलता हासिल गरेका थिए । खापुङको अपराध महाशाखामा प्रवेशलाई चासोका साथ हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्