Logo

केपी ओलीले अवसर खेर फाले : पाण्डे (भिडिओसहित)



काठमाडौं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो अवसर खेर फालेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यस्तो सहज परिस्थितिको बीचमा पनि देशले आर्थिक समृद्धि हाँसिल गर्न नसकेको उनको टिप्पणी छ । पाण्डेले प्रधानमन्त्री ओलीले आफ्नो कुरा ढाकछोप गर्नको लागि मात्रै कुरा गरेको सुनाए । उनले आफूहरुले प्रधानमन्त्री ओलीलाई असहयोग गरेको भनेर लगाईएको आरोपमा कुनै सत्यता नभएको पनि जिकिर गरे । उनले भने,‘बोर्डमा लेखेर भ्रष्टाचार हट्ने हो र ? अहिले संघदेखि स्थानीय तहसम्म भ्रष्टाचार भयो । पैसा नभईकन काम नहुने भन्ने जनताले अनुभूति गरेका छन् ।’



प्रतिक्रिया दिनुहोस्