Logo

उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रश्न : संविधान गाँजर हो ? चपाएर चपाईदिने ? (भिडिओसहित)



काठमाडौं, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान सरकारमा सहभागी मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको स्पष्ट पारेका छन् । उनले निश्चित समयभित्र मन्त्रीहरुले प्रत्येक नयाँ आर्थिक वर्ष सुरु हुनासाथ आफ्नो आयस्रोत सार्वजनिक गर्ने गरेको पनि सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ट्रान्सपरेन्सी ईन्टरनेश्नलको प्रतिवेदनमाथि उनले आपत्ति जनाए । अखबारमा आएका भरमा रिपोर्ट बनाउनु गलत भएको उनको भनाई छ । उनले ट्रान्सपरेन्सी ईन्टरनेश्नलको प्रतिवेदनलाई आफूले हाँस्यास्पदको संज्ञा दिए । आफूहरु जनादेशको लागि अघि बढेको सुनाउँदै दाहाल–नेपाल पक्षका नेताहरुले चुनावमा जाने कुरामा खबरदार भन्नु गलत भएको पनि उनले टिप्पणी गरे । उनले जनतामा जान्छु भन्नुलाई कसरी तानाशाही भन्ने ? भन्दै प्रश्न गरेका छन् । संघीयता कसैले खाएर खाने कुरा हो र ? भन्दै उनले अर्को प्रश्न गरे । उनले कोही एक जना नेताले चपाएर चपाउने ? के संघीयता गाँजर, मूला हो र ? भन्दै प्रश्न पनि गरे । उनले भने,‘यो संविधान गाँजर हो ? चपाएर चपाईदिने ? त्यसकारण यस्ता कुरा गर्न नेताहरुलाई शोभा दिँदैन् । संविधान जनताका निर्वाचित प्रतिनिधिले बनाएको हो । अनि कसैले चाहँदैमा यो जान्छ ? त्यो त आक्रोश हो । कुण्ठा हो ।सरकार चलाउन गाह«ो भयो, ताजा जनादेशमा जाऔं भन्दा किन अप्ठ्यारो ?’



प्रतिक्रिया दिनुहोस्