Logo

स्वास्थ्यमन्त्री त्रिपाठी र एनआरएनए अध्यक्ष पन्तबीच भेटवार्ता, कोभिड-१९ को खोप नेपालमा उपलब्ध गराउनेबारे छलफल



काठमाडौं, ४ फागुन । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीसँग आज भेटवार्ता गरेका छन् । मन्त्री त्रिपाठीसँगको भेटमा गैरआवासीय नेपाली संघमार्फत कोभिड–१९ को खोप नेपालमा उपलब्ध गराउन कसरी सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको गैरआवासी नेपाली संघको सचिवालयले जनाएको छ ।

सुरुमा अध्यक्ष पन्तले संघले कोभिड–१९ को रोकथाम, राहत र नेपाल फिर्तीमा पुराएको सहयोग र नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई उपलब्ध गराएका स्वास्थ सामाग्रीहरुका बारे प्रकाश पारेका थिए । उनले संघको स्वास्थ्य समितिले हालसम्म पनि परिचालन गरिरहेको स्वास्थ्य स्वयंसेवकहरु मार्फत भईरहेका बिभिन्न कामहरुका बिषयमा मन्त्रीज्यूलाई अवगत गराउंदै नेपालमा कोभिड–१९ को खोप आपूर्तिमा संघले के कस्तो सहकार्य गर्न सक्छ र यसको लागि संघले विश्वभर फैलिएका गैरआवासीय नेपालीहरुबाट आर्थिक सहयोग संकलन गर्ने योजना अघि सारेको जानकारी गराए ।

सो अवसरमा अध्यक्षले संघको स्वास्थ्य समितिको तर्फबाट तयार पारिएको प्रारम्भिक साम्झौता पत्र समेत मन्त्रीज्यूलाई अध्ययनको लागि हस्तान्तरण गर्दै यसका बिषयबस्तु उपर मन्त्रालयको धारणाका लागि अनुरोध गरेका थिए ।

मन्त्री त्रिपाठीले संघले नेपाल सरकारलाई स्वास्थ मन्त्रालय मार्फत उपलब्ध गराएका सहयोगको लागि धन्यवाद व्यक्त गर्दै कोभिड–१९ को खोपमार्फत मात्र खरिद गर्न सकिने जानकारी गगराए । उनले उत्पादन र मागमा देखिएको असमानजस्यताले गर्दा खोपको उपलब्धतामा समेत केहि कठिनाई भएको छ र यसको प्रयोगको कार्यविधि समेत तयार नभएको अवस्थामा सोचे जस्तो प्रयोगमा ल्यउन नसकिएको र हाल यसको प्रयोगको लागि कार्यविधिहरु समेत मन्त्रालयले तयार गरिरहेको जानकारी गराए ।

सरकारले हाल तीन चोटि परिक्षण गरिसकेको थप २२,५०,००० खोप खरिद गर्न प्रयास गरिरहेको जानकारी गराउंदै यो माग र आपूर्तिको समस्या मात्र नभई एक राजनीति समस्याको रुपमा समेत देखापरेको अवगत गराए। उनले हाल नेपाल सरकारले बीचौलिया मार्फत कुनै पनि खोप खरिद नगर्ने तर सरकारको स्वीकृति लिई नेपालका निजि अस्पताहरुले खोप ल्याएमा सरकारले तोकेको मूल्यमा खोप लगाउन दिन सकिने बताए । छलफलमा निवर्तमान सांसद विरोध खतिवडा, संघका उपाध्यक्ष सोनाम लामा र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्