Logo

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी



काठमाडौं, ४ फागुन । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दोषीहरुलाई एक/दुई दिनमै सार्वजनिक गर्ने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा डिआईजी सुवेदीले आफूहरु अपराधीको निकट पुगिसकेकोले एक/दुई दिनभित्रै अपराधीलाई सार्वजनिक गर्ने बताएका हुन् । उनले भने,‘यो घट्नामा संलग्न अपराधीलाई सार्वनिक गर्ने तयारीमा छौं । अपराधी पत्ता लागिसकेको छ।’ उक्त घट्नाको अनुशन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सुवेदी आँफै खटिएका छन् । उनी आफै १० दिनदेखि बैतडीको एउटा सामान्य प्रहरी चोकीमा बस्दै आएका छन्।

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्