Logo

मदनकृष्णको स्वरमा ‘फुलबुट्टे सारी’ को लेजेण्डरी भर्जन सार्वजनिक, मिथिलाको अभिनय (भिडिओसहित)



काठमाडौं, ४ फागुन । मदनकृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी’ बोलको गीत गाएका छन् । उनको स्वरमा तयार भएको गीत मंगलबार देवीथान युट्युबमार्फत सार्वजनिक गरिएको छ । लेजेन्डरी भर्जन भनिएको यस गीतको भिडियोमा मदनकृष्ण र मिथिलाको अभिनय देखिएको छ ।

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल, फिमेल र चाईल्ड भर्जनमा सर्वाधिक लोकप्रिय भैसकेको छ । यसअघि सार्वजनिक भएको मेल भर्जनमा मार्मिक लामा, फिमेल भर्जनमा मिलन नेवार र चाइल्ड भर्जनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए । हेरौं भिडिओ:



प्रतिक्रिया दिनुहोस्