Logo

लक्ष्मी बैंकले सुरु गर्यो स्मार्टफोन लोन सेवा



काठमाडौं, ४ फागुन । लक्ष्मी बैंकले एफ्–वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट फोन लोन एक कर्जा (रुपी) सेवा (लेन्डिङ याज अ सर्भिस लस) हो जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एप बाटै अधिकतम २ लाख सम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्ने बैंकले जनाएको छ ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो । यो कर्जा पुरै डिजिटल मैत्री भएका ले कुनै कागज–पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व (स्वीकृत) हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्