Logo

आज नेप्सेले राख्यो हालसम्मकै उच्च रेकर्ड, १० अर्ब बढीको कारोबार



काठमाडौं, ४ फागुन । साताको कारोबारको तेस्रो दिन आज नेप्से १५.५ अंकले बढेर २६०१.५ उच्च विन्दुमा पुगेको छ । यो शेयर बजारको हालसम्म कै उच्च रेकर्ड हो । मंगलबार ०.६ प्रतिशत अर्थात १५.५ अंक बृद्धि भई २६०१.५ हालसम्मकै उच्च विन्दुमा पुगेको हो । सोमबार ९२.४२ अंकले रेकर्ड राखेको नेप्सले आज २६०० भन्दा माथि पुगेर पुरानो रेकर्ड तोडेको छ ।

आज नेप्से परिसुचक अनुसार २०८ कम्पनीका ७६ हजार ४९३ पटक कारोबार भएर १० अर्ब ३५ करोड ४५ लाख ४ हजार ९५५ रुपैयाँ बराबरको १ करोड ७७ लाख ३२ हजार ७६५ शेयर कित्ता शेयर खरिद बिक्रि भएको छ ।

मंगलबार सेन्सेटिभ इन्डेक्स ०.८७ प्रतिशत अर्थात ४.०९ अंकले बढेर ४७३.५३ विन्दुमा पुगेको छ । आज १२ उपसमुह मध्ये ४ उपसमुहको परिसुचक बढेको छ । ८ उपसमुहको परिसुचक घटेको छ । आज सबैभन्दा धेरै बैकिंङ्ग उपसमुहको २.०८ प्रतिशतले सुचक बढेको छ । त्यस्तै, विकास बैकको ०.२४ प्रतिशतले परिसुचक बढेको छ । अन्य उपसमुहको ०.२७ प्रतिशत र म्युर्चुअल फण्डको ०.८८ प्रतिशतले परिसुचक बढेको छ । यसैगरी, उत्पादनमुलक उपसमुहको सुचक भने सबैभन्दा धेरै १.८७ प्रतिशतले घटेको छ ।

आज नेप्सेले सबैभन्दा धेरै नविल बैकको ५२ करोड २९ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयर ४४ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, ग्लोबल आईएमी बैंकको आज ४२ करोड २२ लाख भन्दा धेरैको कारोबार भएको छ । बैंकको २२ रुपैयाँले प्रतिकित्ता शेयर बढेर ४ सय ९८ रुपैयाँ कायम भएको छ ।
आज सिद्वार्थ बैंक, नेपाल बैंक, ग्लोबल आइएमई र एनएमबि बैंकको शेयरमुल्य ४ प्रतिशत भन्दा धेरैले बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्