Logo

प्रधानमन्त्री ओलीलाई हरिबोल गजुरेलको प्रश्न : यसरी दिउँसै रात पार्न पाईन्छ ? (अन्तर्वार्ता)



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न दिईएन भनेर गरेको दाबीमा कुनै सत्यता नभएको टिप्पणी गरेका छन् । उनले आँफै अध्यक्ष हुने अनि पार्टीले काम गर्न दिएन भनेर भन्नु विरक्तको कुरा भएको पनि प्रतिक्रिया दिए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। प्रस्तुत छ गजुरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ–पार्टीले काम गर्न दिएन, मसंग अरू विकल्प थिएन । त्यसैले संसद् विघटन गरेको हुँ । अब निर्वाचनमा जानुको विकल्प छैन भनेर ?

आँफै अध्यक्ष हुने अनि आँफै पार्टीले काम गर्नदिएन भन्ने बडा विरक्तीको कुरा हो ।

तपाईँहरुले घेराबन्दी गर्नुभयो अरे, काम गर्न दिनुभएन अरे प्रधानमन्त्रीलाई ? के यो साँचो हो ?

प्रधानमन्त्रीले के/के कुरा गर्न खोज्नुभयो ? के÷के कुरामा अबरोध भयो ? के÷के गर्न दिईएन ? मैले देखेको कुरा त्यही एमसीसीको विषयमा एउटा उहाँले चाहेअनुसार हुन नसकेको कुरा एकदमै प्रष्ट हो । त्यसमा चाहीँ धेरै साथिहरुले परिमार्जन गर्नुपर्छ भन्नुभएको थियो । उहाँ चाहीँ त्यसलाई परिमार्जन नगरी पास गर्न खोज्नुहुन्थ्थो । त्यसमा अबरोध आएरनै यो भएको हो भने त अलग कुरा हो । अरु कुरा त उहाँले जे÷जे गर्न खोज्नुभएको छ । त्यसमा त कुनै अबरोध नै छैन ।

प्रधानमन्त्री ओलीले त प्रचण्ड र माधव नेपालले काम गर्न नदिएको भनेर लामो फेहरिस्त सुनाउनुभएको छ नि ?

हामीले प्रष्ट रूपमा बताउनैपर्छ । मुख्य कुरा उहाँको सल्लाह लिने बानी नै छैन । न त पार्टीमा सल्लाह लिने, न संसदीय दलमा सल्लाह लिने, आफुलाई जे मन लाग्यो त्यही गर्दै हिँड्न पार्टीले त्यस्तो पक्षपात त गर्दैन् नि । दलभित्र कति सल्लाह लिने ? पार्टीभित्र कतिपय सल्लाह लिने कार्यक्रम तयार गर्दा होस् । बजेट तयार गर्दा होस् । अन्य काम गर्दा होस् । राजनीतिक सल्लाह गर्दा होस् । उहाँले सल्लाह नलिन पार्टी पनि कि त राजा माहाराजाको जस्तो बनाइ दिनुपर्यो । होइन भने त पार्टीभित्र मान्छेहरु आफनो कुराहरु राख्छन् । सल्लाह हुन्छ । सल्लाह भएर निश्कर्ष गरेर अगाडि बठ्छ । मुख्य कुरा के हो भने वाद, प्रतिवाद र संवादले नै समाधान हुन्छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ–राजनीति कि त मैले अस्वस्थ फोहोरी खेलतिर जानुपर्दथ्यो ? कि त संसद् विघटन गर्नुपर्दथ्यो र मैले उचित कदम चालें भन्नुभएको छ ?

सल्लाह गर्नुपर्दैन् थियो, यहाँले संसद् विघटन गर्दा सल्लाह गर्नु पर्दैन् । संसदीय दलमा उहाँ नेता हुनुहुन्छ । सुवासचन्द्र नेम्वाङ दलको उपनेता हुनुहुन्छ । उहाँलाई कसले रोकेको थियो ? पार्टीमा छलफल तथा बहस भए होलान्, त्यसैलाई असहयोग भन्नु त भएन नि । मुख्य कुरा कहाँ÷कहाँ सहयोग लिन खोजे ? कहाँ÷कसरी समेटेर लिन खोजे भन्ने कुरातिर उहाँले गम्भीर ढंगले समिक्षा गर्नुपर्यो नि त ? उहाँले त्यो करेक्सन गर्नुभयो भने अगाडि बढ्न सजिलो हुन्छ । आफुलाई जे मनमा लाग्यो त्यही गर्दै जाने अब यस्तो कुरा गरेर हुँदैन ।

तर, प्रधानमन्त्री ओलीले त प्रचण्ड–माधव मिलेर मेराविरुद्धमा षड्यन्त्र गर्नुभयो र सत्ता फाल्न खोजे भन्नुभएको छ नि ?

उहाँले नै कहिले वामदेवलाई तान्न खोज्ने, कहिले झलनाथलाई तान्न खोज्ने त कहिले माधवलाई फकाउने अनि कहिले कसलाई फकाउने गरेको हो नि । उहाँले किन त्यसो गरेको ? प्रधानमन्त्रीले त आफनो नैतिक धरातलमा टेकेर बस्नुपर्दथ्यो नि त ? वामदेबलाई राष्ट्रियसभामा लगेर संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउनेसम्म किन सहमत भएको उहाँ ? यदि अडान भएको नेता हो भने त चुनाव हारेको मान्छेलाई प्रधानमन्त्री बनाउनको लागि किन सहमत हुनुभयो त ? यो गलत हो नि ।

प्रधानमन्त्रीले ‘चुनावमा जाऔं, चुनावको विकल्प छैन’ भनिसकेपछि अब तपाईँहरु के गर्नुहुन्छ ? चुनावमा भाग लिने कि आन्दोलनमात्रै गरेर बस्ने ?

प्रतिनिधिसभा विघटन गर्ने कुरा संविधानमा व्यवस्था छैन् नि । यो कुरा त उहाँलाई पनि राम्रोसँग थाहा छ । यसरी दिउँसै रात पार्न पाईन्छ ? उहाँकै नेतृत्वमा बनेको संविधान होइन र ? प्रचण्डको नेतृत्वमा बनेको संविधान हो । सबैको छलफल र बहस भएर बनेको छ । यो कुरा सबैलाई थाहा छ नि । यस्तो भएपछि के हुन्छ ? सबैलाई थाहा छ । संविधानको रक्षा गर्नु परेन उहाँले ? प्रधानमन्त्री संविधानको रक्षाको निम्ति र कार्यान्वयनको निम्ति हो । उहाँ प्रधानमन्त्री भएको ख्याल गर्नुपर्दैन् । हुँदै नभएको प्रावधान अगाडि सारेर अर्को विकल्प हुनसक्दैन् । के एउटा व्यक्तिले पदमा बसिरहने भन्ने छ ?अर्को व्यक्ति हुनसक्दैन् ? पाचँ वर्षको लागि बनेको संसद् भङ्ग गरिदिने, त्यो पनि हामीहरुसंग सल्लाह नै नगरिकन । मैले भन्न खोजेको के हो भने–प्रधानमन्त्रीले आत्मसमिक्षा गर्नुपर्छ । उहाँको मुख्य कमजोरी भनेको सल्लाह कसैसंग पनि नलिने ।

उहाँले भन्नुभएको छ–मैले यो तीन वर्षमा चमत्कार गरें, चुनावमा जान्छु र माधव–प्रचण्डलाई परास्त गर्छु भन्नुभएको छ नि ?

निरन्तरतामा काम गर्नुभएको छ । तपाईँले ०४६ साल पछिका निरन्तन्रतामा हेर्नुुभएको छ । गणतन्त्रपछिका निरन्तरता जस्तै गर्नुभएको छ । मैले केही गर्नुभएको छैन भनेको छैन । जुन दुई तिहाईको नजिकको वामपन्थी गठवन्धन एउटै कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले, चुनावमा हामीले जनतासामू घोषणापत्र अघि सारेका थियांै । त्योअनुसार काम हुनुपर्दथ्यो कि पर्दैन् ?निर्वाचन के ढाँटछल गर्ने हो ? निर्वाचनको बेला ठुला÷ठुला कुरा गर्ने, यो गर्छु उ गर्छु भन्ने, ती सारा कुरा एकठाउँमा थन्क्याएर अगाडि बढ्ने हुन्छ त ? यो पार्टीभित्र बहस भयो । निर्वाचनमा अगाडि सारेका घोषणापत्र अनुसार काम भएन । कामै भएन कसैले भनेको छ त ? केही पनि गर्नुभएन भनेर कसैले भनेको छैन् ।

तर, उहाँले त ‘ममाथि चौतर्फी आक्रमण भयो, र सरकार असफल बनाउने काम भयो’ भनेर आरोप लगाउनुभएको छ नि ? यसलाई कसरी लिनुभएको छ ?

उहाँले भनेको कुरा सबै सही हो मानौं एकछिन, म एउटै कुरा भन्न चाहान्छु–उहाँले जुन एउटा सहमति गर्नुभएको थियो, अर्का अध्यक्ष प्रचण्डजीसँग अढाई/अढाई वर्ष सरकारको नेतृत्व गर्ने भनिएको थियो । उहाँले त्यो कार्यान्वयन गर्नुपदैन् ? सहमति के को लागि गरिएको हो ? सहमति गरेपछि कार्यान्वयन गर्नुपर्छ नि । सहमतिको त्यो कागजको काम के ? दुई वटा नेतालाई साँक्षी राखेर कागज गर्ने । एउटा प्रधानमन्त्रीजस्तो मान्छेले गरेको वाचा पुरा गर्नुपर्दैन् ? उहाँले प्रचण्डजी तपाईँ बस्नुहोस मेले छोढेें भनेर भन्नुपर्दैन् ?



प्रतिक्रिया दिनुहोस्