Logo

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या



काठमाडौं, ५ फागुन । बैतडीकी भागरथी भट्टको हत्याका आरोपी दिनेश भट्टले प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् । विगतमा आफ्नी फुपुलाई भागरथीका पिताले दुव्यर्वहार गरेको भन्दै त्यसको बदला लिन बलात्कार बयान दिएका हुन् । भागरथीले अपराध खोलिदिने भयले दिनेशले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

भागरथीको पिताको केही महिना अघि मृत्यु भइसकेको छ । प्रहरीले दुवै परिवारबीच सम्बन्ध राम्रो नभएको पत्ता लगाएको छ ।

हत्याका आरोपी दिनेश भागरथीकै गाउँका भाई हुन् । उनी भागरथी अध्ययनरत सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।
प्रहरी स्रोतका अनुसार दिनेशले बलात्कारको योजना पहिले नै बनाएका थिए । उनी डेढ घन्टा अगाडि नै विद्यालयबाट निस्किएको र जङ्गलमा कुरेर बसेका थिए ।

योजनावद्ध तरिकाले दिनेशले बलात्कार गरेका थिए । उनले बाटोमा भागरथीलाई समातेको र प्रतिकारका क्रममा दुवैबीच झडप भएको थियो । त्यसपछि झाडीमा लडाउँदै बलात्कार गरेको प्रहरी स्रोतले बताएको छ । घटनाबारे भागरथीले गाउँमा भन्ने डरले हत्या गरेको बयान दिएका थिए ।

भागरथीको हत्याका दोषीमाथि कारबाहीको विरोधमा भएको प्रदर्शनमा दिनेश पनि सहभागी हुँदै आएका थिए । तर, उनी भिडभित्र रहेपनि प्रहरीले पहिचान गरी पक्राऊ गर्न सफल भएको छ ।

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पत्ता लागेको थियो । तर, आरोपी दिनेश भट्टको भने मङ्गलबार मात्र पहिचान खुलेको थियो ।

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथीको शव लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा उत्तानो अवस्थामा फेला परेको थियो । उनको शरीरमा नीलडाम र रगत समेत बगेको अवस्थामा भेटिएको थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । त्यही जङ्गलमा उनीमाथि बलात्कारपछि हत्या भएको थियो ।

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्