Logo

संविधानमा भएको आक्रामणप्रति कांग्रेस मौन बस्दैन् : केसी (भिडिओसहित)



काठमाडौं, ५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफूहरुले संविधानमाथि प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको आक्रामण टुलुटुलु हेरेर नबस्ने बताएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरु संसद पूनःस्थापनको पक्षमा रहेको पनि उनले जनाए । उनले संविधानमाथि ठूलो आक्रामण हुँदा कांग्रेसले नाफा र नोक्सानको हिसाब गर्न नहुने सुनाए ।



प्रतिक्रिया दिनुहोस्